स्याङ्जा प्रवेश गर्न पिसिआर अनिवार्य

असोज २९/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला प्रवेशको निमित्त हरेकलाई पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरेको छ।

स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतको हस्ताक्षर सहित जारी गरिएको विज्ञप्तिमा ७२ घण्टा भित्रको पिसिआर अनिवार्य गरिएको र यो रिपोर्ट देखाउन नसक्नेलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।

कार्तिक १ गतेबाट उक्त नीति लागू हुने विज्ञप्तिमा जनाइएको छ।

Share Post on Social media