बलात्कारजन्य अपराधका बिरुद्ध पहिलो पाइला नेपाल स्याङ्जाको शान्तिपूर्ण जुलुस

कार्तिक ४/स्याङ्जा: बलात्कारजन्य अपराधका विरुद्ध खबरदारी गर्दै पहिलो पाइला नेपाल स्याङ्जाले आज बिरोध जुलुस गरेको छ।

बलात्कार र त्यसपछि निर्ममतापूर्ण ढङ्गले हत्या जस्तो जघन्य अपराधको घटना बारम्बार दोहोरिरहेको अवस्थामा यस्तो अपराधबिरुद्द सामाजिक आवाज सृजना गर्ने उदेश्यले दबाबमूलक र्‍याली तथा शान्तिपूर्ण जुलुस कार्यक्रम सम्पन्न गरेको हो।

बलत्कार बिरुद्ध बन्न लागिरहेको कानूनको अक्षरस: पालना गराउने र अपराधीलाई कुनै पनि राजनीतिक संरक्षण दिएर उम्काउन नहुने भन्दै पहिलो पाइला स्याङ्जाका सदस्यहरु तथा सक्रिय युवाहरुले आज स्याङ्जा सदरमुकाममा कालो ड्रेस,कालो कफन,कालो मास्क सहित प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्।

स्याङ्जा सदरमुकामको बिपि चोकबाट सुरु भएको र्‍याली शहीदचोक-घुम्ती-प्रगतिनगर-देबिस्थान-कारागार- मालपोत लाइन हुँदै शहीदचोकमा आएर कोणसभामा परिणत भएको थियो। स्थानीय युवायुवतीहरुको समेत उल्लेखनीय सहभागिता रहेको र्‍याली शान्तिपुर्ण ढङ्गले समापन गरिएको पहिलो पाइला नेपाल स्याङ्जाका सचिव झलक अर्यालले बताए।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण स्याङ्जाबासी युवाहरु, समाजसेवी, सल्लाहकार ,पत्रकार, सुरक्षाकर्मी र समस्त स्याङ्जाबासीलाई पहिलो पाइला नेपाल स्याङ्जाले धन्यवाद ज्ञापन गरेको छ।

Share Post on Social media