आफूलाई चौकिदार भन्दै मन्त्रीले भने, घुस्याहालाई गेटमै तह लगाउँछु

कार्तिक १९/काठमाडौं: कृषि मन्त्री घनश्याम भुसालले आफूलाई कृषकको चौकिदार भनेका छन्।

उनले आफूलाई चौकिदार भन्दै बिचौलिया र घुस्याहालाई गेटबाट नै तह लगाउने उद्घोष गरे। कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिएका छन् । ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नु पर्छ, परिणाम दिनुपर्छ । अब कुनै बहानावाजी होइन, परिणाम चाहिन्छ ।  विनापूर्वाग्रह निर्ममताका साथ काम गर्नुस् र परिणाम दिनुस् । परिणाम दिन नसक्ने भए छोड्नको लागि तयार हुनुस् ’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को व्यवस्थापन तहका अधिकारीहरुसँगको अन्तरकृयामा मन्त्री भुसालले भनेका छन्।

तर, उनको कार्यकालमा पनि उल्लेख्य गर्व गर्न लायक काम केही हुन सकेको छैन। कृषकहरुले खेतीको समयमा रासायनिक मल पाउन नसकेर मलबिना नै खेती गोडमेल गर्नुपरेको थियो।

Share Post on Social media