स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु

चैत २९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आँधीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भीरकोट नगरपालिका वडा नं १ लामाचौर निवासी ३४ वर्षीय विवेक खाँणको शनिबार मृत्यु भएको हो।

आँधीखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

Share Post on Social media