अब स्वास्थ्यकर्मीलाई आक्रमण गरे पाँच वर्ष जेल

जेठ २३/ काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वास्थ्य सम्बन्धी अध्यादेश जारी गरेकी छन्।

अव स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषद्मा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।

Share Post on Social media