नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

असार १८/चितवन: नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका- ६ को चारकिलो र पाँचकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको हो।

चितवन प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भैरहेको र दुई तीन घण्टासम्ममा पहिरो हटाइसकिने बुझिएको छ ।

Share Post on Social media