अधिवेशन पश्चात नेकपा एमाले भीरकोटको प्रथम नगर वैठक सम्पन्न

मंसिर ४/स्याङ्जा: नेकपा एमाले भीरकोटको प्रथम नगर वैठक सम्पन्न भएको छ ।

नेकपा एमाले भीरकोट नगरकमिटीका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा भएको उक्त वैठकमा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने तथा सपथग्रहण गराउने कार्यक्रम समेत गरिएको हो। सपथग्रहण पश्चात सबै पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

उक्त सपथग्रहण तथा बधाई कार्यक्रममा स्वागत मन्तव्य कमिटीको उपाध्यक्ष मिठू अधिकारीले दिएकी थिइन् भने नेकपा एमाले जिल्ला कमिटी सदस्य तिल बहादुर गुरुङ ज्वाला, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् महाधिवेशन प्रतिनिधि सन्तोष केसी, गण्डकी प्रदेश कमिटी सदस्यद्वय दुर्गादत्त भुषाल र हर्कबहादुर गुरुङ लगायत शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष उदय श्रेष्ठले नेकपा एमाले स्याङ्जामा विगत भन्दा धेरै बलियो भएको बताउँदै अझ भीरकोट नेकपा एमाले किल्ला बन्दै गएको बताएका थिए।

निर्वाचित कमिटीलाई प्रमाण पत्र वितरण गरिएको उक्त कार्यक्रममा अध्यक्षमण्डल निर्वाचन समिति, वहस नोट समिति र स्वयंसेवक प्रमुखलाई प्रशंसापत्र प्रदान गर्नुको साथै सम्पूर्ण कमिटी सदस्यलाई डायरी समेत वितरण गरिएको थियोे।

आज सम्पन्न बैठकले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा ६ गाडी कार्यकर्ता राष्ट्रिय महाधिवेशनको लागि चितवन लाने तयारी गरेकोे छ भने कमिटीले नयाँ वर्षमा आफ्नो पहिलो मुखपत्र समेत प्रकाशन गर्ने निर्णय गरेको छ। यसका साथै अध्यक्ष र सचिवको संयुक्त दस्तखतमा बैंक खाता खोल्ने निर्णय गर्दै भने प्रदेश कमिटी सदस्यद्वय दुर्गादत्त भुषाल र हर्कबहादुर गुरुङ तथा महाधिवेशन प्रतिनिधि सन्तोष केसीलाई बधाई तथा सम्मान समेत गरेको छ।

Share Post on Social media