स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृत अवस्थामा फेला

फागुन २४/स्याङ्जा: स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ।

वालिङ नगरपालिका वडा नं.१३ लेटास्थित गोरेटो बाटोमा सोमबार अन्दाजी साँझ ५ बजेको समयमा करिब ५ महिनाको ढाडमा हल्का चोट लाएको र मृत अवस्थामा चितुवाको बच्चा फेला परेको हो।

मृत अवस्थामा रहेको खबर प्राप्त हुनसाथ प्रहरी अधिकृत सहितको टोली गई मुचुल्का उठाई उक्त चितुवाको बच्चालाई वालिङमा रहेको सवडिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार मृत अवस्थामा फेला परेको चितुवाको बच्चाको लम्बाई ३२ इन्च , ११ इन्च गोलाई र १३ इन्चको उचाइ रहेको र थप अनुसन्धान कार्य भइरहेको बताए।

Share Post on Social media