छैटौँ दिपन स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कन्साइन्स स्कुल विजयी

चैत ८/खबरकलम संवाददाता: आजबाट सुरु भएको छैटौँ दिपन स्मृति क्रिकेट प्रतियोगितामा कन्साइन्स आवासीय मावि हेलुले विजयी सुरुवात गरेको छ।‌‌

आज भएको उद्घाटन खेलमा‌ कन्साइन्स स्कुल हेलुको टीमले भुपु सैनिक एकेडेमी बयरघारीमाथि विजयी भएको हो। हेलु लामाचाैर युवा क्लब भीरकाेट वडा नं १ लामाचाैरको आयोजनामा आज चैत्र ०८ देखि १३ गतेसम्म सञ्चालन हुने “छैठौँ दिपन स्मृति क्रिकेट प्रतियोगिता” २०७८ काे एक कार्यक्रमबीच भीरकाेट नगरपालिका उपप्रमुख सिमा केसी कर्माचार्यले उद्घाटन गरेकी छन्।

कार्यक्रममा भीरकोट नगरप्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष दीपेन्द्र क्षेत्री, नेपाली काँग्रेस भीरकाेट नगर सभापति एवं ५ नम्बर वडाध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) लगायतका वक्ताले मन्तव्य राखेका थिए । भीरकाेट १ लामाचाैर खेलमैदानमा हुने उक्त प्रतियोगितामा स्याङ्जा, कास्की र पाल्पाका १५ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

उक्त उद्घाटन कार्यक्रमको संचालन युवराज अर्यालले गरेका थिए भने स्वागत मन्तव्य रामकुमार भण्डारीले व्यक्त गरेका थिए।

Share Post on Social media