नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले दिइन् उम्मेदवारलाई जीतको शुभकामना

वैशाख १३/स्याङ्जा: नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरुलाई शुभकामना व्यक्त गरेकी छन्।

नेकपा एमाले स्याङ्जा भीरकोट कमिटीले आज आयोजना गरेको नगर कमिटीको बैठकमा बोल्दै उनले भीरकोटमा जित निश्चित भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई पूर्ण तयारीका साथ निर्वाचन आचारसंहिता पालना गर्दै लाग्न निर्देश गरेकी थिइन्।‌‌‌‌‌

सिंगो देश नै नेकपा एमालेले अघि सारेको एजेण्डामा चलेको र देशभर एमालेको लहर छाएको भन्दै एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन गरिन्।

कुनै बेला भीरकोट नगरपालिकामा एमाले बन्नु पनि छिछि: दुरदुरको अवस्था भएको सम्झाउँदै उनले आजको यो टक्कर दिने अवस्था स्वयं जीतको अवस्था रहेको उल्लेख गरेकी थिइन्।

मेयरका उम्मेदवार विश्वनाथ अर्याल
नागरिकलाई अभिवादन गर्दै मेयरका उम्मेदवार विश्वनाथ अर्याल

यसपटक भीरकोट नगरपालिकाको मेयरको उम्मेदवार युवाहरुमाझ निकै नै लोकप्रिय छवि बनाएका र सहयोगी भावना भएका विश्वनाथ अर्याल, उपमेयरमा सरस्वती अधिकारी सहितको टोली निर्वाचनको मैदानमा उत्रिएको छ।

स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका वडाध्यक्षका उम्मेदवारहरु


१) नगर प्रमुख विश्वनाथ अर्याल
२) उप प्रमुख सरस्वती अधिकारी
३) वडा नं १ अध्यक्ष भगवान के.सी.
४) वडा नं २ अध्यक्ष गोकुल अधिकारी
५) वडा नं ३ अध्यक्ष केशरजंग अधिकारी
६) वडा नं ४ अध्यक्ष मेघनारायण ढुङ्गाना
७) वडा नं ५ अध्यक्ष सूर्य चर्माकार
८) वडा नं ६ अध्यक्ष लक्ष्मण खत्री क्षेत्री
९) वडा नं ७ अध्यक्ष पर्वत खाम्चा मगर
१०) वडा नं ८ अध्यक्ष धर्मराज गुरुङ
११) वडा नं ९ अध्यक्ष चोक बहादुर गुरुङ

Share Post on Social media