पूर्वमन्त्री तथा संघीय सांसद् पद्मा अर्यालद्वारा किरियापुत्री भेटघाट तथा समवेदना व्यक्त
साउन ५/स्याङ्जा: नेकपा एमालेकी केन्द्रीय सचिव, पूर्वमन्त्री तथा संघीय सांसद् पद्मा अर्याले स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा किरियापुत्री भेटघाट कार्यक्रम गरेकी छन्।
भीरकोट नगरपालिकाका विभिन्न वडामा पुगी उनले किरियापुत्री भेटघाट तथा उनीहरुका आफन्तहरुमा समवेदना प्रकट गरेकी हुन्।
आफूलाई मत दिएर जिताएका सम्पूर्ण नागरिक आफ्नै नागरिक भएको र उनीहरुको हरेक सुखदुःखमा साथी बन्न पाउनु आफ्नो कर्तव्य भएको बताउँदै उनले किरियापुत्रीको घरमै पुगेर समवेदना कार्यक्रममा सहभागी भइन्। भीरकोटको मुलपानी, फोक्सिङ, लुब्धीखोला, थालेखर्क तथा तिलाहार नेटामा पुगी दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिन्।
उनले मानिसको जन्म पश्चात मृत्यु अवश्यम्भावी भएको बताउँदै विचलित नहुन र हिन्दु संष्कार अनुसारको कर्म मार्फत पितृहरूको उद्धार गराउन समेत किरियापुत्रीहरुलाई आग्रह गरेकी थिइन्।
गरिब तथा असहायलाई राहत समेतको व्यवस्था गर्न र किरिया खर्च उपलब्ध गराउन आफू तयार रहेको भन्दै कुनै पनि समस्यामा आफूलाई सम्झन उनको अनुरोध थियो।
आफ्नो व्यस्त कार्यतालिकाका बीच पनि आफ्ना मतदाताको सम्मानको निमित्त आफू सँधै सँगै रहेको बताउँदै उनले किरियापुत्री भेटघाट कार्यक्रम तय गरेको बताएकी थिइन्। किरियापुत्री भेटघाट कार्यक्रम नेकपा एमाले भीरकोटले आयोजना गरेको थियो भने उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य पद्मा अर्याल, नेकपा एमाले भीरकोट इन्चार्ज सन्तोष केसी, नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, जिल्ला सचिवालय सदस्य डोलराज ढुङ्गाना, भीरकोट नगरपालिका वडा नं छ का वडाध्यक्ष लक्ष्मण खत्री लगायत विभिन्न तह र तप्काका करिब ५० जना व्यक्तिको सहभागिता थियो।
किरियापुत्री भेटघाट कार्यक्रमलाई निर्वाचन तयारीको भेटघाट नबुझ्न उनले अनुरोध गरेकी छिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्