अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारी प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित

फागुन १६/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी गण्डकी प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै तिवारीलाई मनोनयन गरिएको जनाएको छ।

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी विकासप्रेमी नेताको रुपमा चिनिन्छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै गाउँपालिकामा विभिन्न क्षेत्र र विधामा उनले सुधार अभियान सुरुवात गरेका छन्।

Share Post on Social media