चापाकोट नगरपालिकाले सार्वजनिक गर्यो आव ०८०/८१ को बजेट

असार ११/सुनिल न्यौपाने-चापाकोट : चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ६५ करोड ६७ लाख १७ हजार ३ सयको बजेट सार्वजनिक गरेको छ।

नगरपालिका प्रमुख देवबहादुर खाँण (ईश्वर) ले प्रस्तुत गरेको बजेटमा चालूतर्फ ४२ करोड १ लाख ६१ हजार ३ सय अर्थात ६३.९७ प्रतिशत र पुँजीगततर्फ २३ करोड ६५ लख ५६ हजार, ३६.०३ प्रतिशत रहेको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमा ९ करोड १९ लाख, प्रदेश सरकारबाट १ करोड ३३ लाख ५५ हजार, संघीय र प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा १० करोड ५६ लाख ६१ हजार ३ सय, संघीय र प्रदेश सरकारबाट सशर्त अनुदान ३२ करोड ८५ लाख प्रक्षेपण गरिएको छ ।

संघीय सरकार विशेष अनुदान १ करोड, संघीय र प्रदेश सरकारबाट समपूरक अनुदान ३ करोड ९५ लाख र आन्तरिक आम्दानी ४ करोड रहेको छ ।

Share Post on Social media