मापसे गरी सवारी चलाउने चालकलाई प्रहरीले गर्यो कारबाही, नसिहत स्वरुप पढाइयो

११ असार २०८०/स्याङ्जा : स्याङ्जा जिल्लामा मापसे गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएर पाठ पढाईएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चेकिङको क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरी छाडिएको प्रहरीले जनाएको छ।

यात्रु तथा सवारीसाधनको सुरक्षा प्रहरीमा नभई सवारी चालकमा निहित भएकाले नहिसत स्वरुप ट्राफिक कक्षा चलाइएको प्रहरीले जनाएको छ।

साथै सोही क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न १४ सवारीसाधनलाई कारवाही गरी रु. २८,०००।– राजश्व संकलन भएको र असार महिनामा ट्राफिक नियम उल्लङघन गर्ने ५३० सवारी साधनलाई कारवाही गर्दा रु. ४,३१,०००।– राजश्व संकलन गरिएको समेत प्रहरीले जनाएको छ।

Share Post on Social media