स्याङ्जा जिल्लाका ३ गाउँपालिकाका प्रशासकीय अधिकृत फेरिए, अर्जुनचौपारीमा आशिष

भदौ ५/स्याङ्जा:संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्ति लिएका तथा छ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएसँगै स्याङ्जा जिल्लाका तीनवटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्।

स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा नयाँ अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन्। हरिनाश गाउँपालिकामा विजय भट्टराई, अर्जुनचौपारी गाउँपालिकामा आशिष शर्मा र कालीगण्डकी गाउँपालिकामा राजिव रिमाललाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

Share Post on Social media