पहिलो पाइला नेपाल स्याङ्जाले सम्पन्न गर्यो वृक्षारोपण कार्यक्रम

भदौ ९/खबरकलम संवाददाता: पहिलो पाइला नेपाल स्याङ्जाले आफ्नो प्रथम अधिवेशन पछिको पहिलो कार्यक्रमका रुपमा आज वृक्षारोपण गर्ने कार्य सम्पन्न गरेको छ।

स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिर परिसरमा एक कार्यक्रमका बीच वृक्षारोपण सम्पन्न गरिएको हो।

वातावरणीय अनुकूलता, संरक्षण तथा हरित निर्माणकाे उदेश्य स्वरुप श्री गह्रौंसुर धार्मिक तथा पर्यटकी केन्द्र वालिङ ८ स्याङ्जामा “वृक्षाराेपण कार्यक्रम” गरिएको जानकारी पहिलो पाइला स्याङ्जा सचिव युवराज तिवारीले दिए।

उनका अनुसार पहिलो पाइला नेपाल स्याङ्जाकी अध्यक्ष सन्ध्या लामिछानेको सभापतित्वमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा स्वागत मन्तव्य सहित पहिलो पाइला नेपाल स्याङ्जाकी उपाध्यक्ष समिक्षा सुवेदीले सुरुवात गरेकी थिइन् भने सञ्चालन सचिव युवराज तिवारीले गरेका थिए।‌

पहिलो पाइला नेपाल स्याङ्जाले समाजसेवाका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

Share Post on Social media