दरौंखोला सामिप्य समाजले सम्पन्न गर्यो एकदिने आँखा शिविर आयोजना

कार्तिक १८/स्याङ्जा: हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र दरौंखोला सामिप्य समाज पोखराको व्यवस्थापन र आयोजनामा एकदिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८० साल कार्तिक १८ गते शनिवार गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १३ स्थित महेन्द्र आधारभूत विद्यालय बडहरेमा दरौंखोला सामीप्य समाज पोखराको व्यवस्थापन, अन्नपूर्ण नेपालको आर्थिक सहयोग र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो। कार्यक्रममा स्वागत मन्तव्य अन्नपूर्ण एसोसियसन नेपालका अध्यक्ष एवं दरौंखोला सामीप्य समाज पोखराका आजीवन सदस्य धन अधिकारी, शुभकामना मन्तव्य दरौंखोला सामीप्य समाज पोखराका सल्लाहकार एवं पूर्व विद्यार्थी संगठनका संयोजक वरिष्ठ सई होत बहादुर रोका, विद्यालयका प्रधानाध्यापक मन बहादुर रोका, दरौंखोला सामीप्य समाज पोखराका संरक्षक दोब बहादुर कार्की, दरौंखोला सामीप्य समाज पोखराका संरक्षक प्रेम नारायण पौडेल, पूर्व वडाध्यक्ष ख्याम नारायण अधिकारीले राखेका थिए। पुतलीबजार नगरपालिका वडा नं. १३ का वडाध्यक्ष जुद्ध थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता दरौंखोला सामीप्य समाजका अध्यक्ष बोधराज गौतम र संचालन संस्थाका सचिव नम रोकाले गरेका थिए।

आज सञ्चालित उक्त आँखा शिविरमा २६५ जना सेवाग्राहीको आँखाको परीक्षण गरिएको थियो भने ७ जना मोतिविन्दु भएका बिरामीहरूलाई हिमालय आँखा अस्पताल पोखरा घारीपाटनमा निशुल्क शल्यक्रियाका लागि पलैजाने व्यवस्था मिलाइएको थियो। यसैगरी उक्त अवसरमा महेन्द्र आधारभूत विद्यालयमा स्थापित पूर्व विद्यार्थी संगठनले ६० जना छात्रछात्राहरुलाई १-१ सेट ट्रयाकसूट, विद्यालयलाई २ थान पानी ट्यांकी त १ थान कोडियम हस्तान्तरण गरिएको छ।

Share Post on Social media