सरकार भन्छ,कोरोनाको कारण फेरी लकडाउन हुँदैन।

खबरकलम /साउन २७

देशमा दिनप्रतिदिन कोरोना संक्रमण बढेपनि केन्द्र सरकारले फेरी लकडाउन नगर्ने भएको छ। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले कोरोना संक्रमण बढेपनि फेरी लकडाउन नहुने बरु त्यसमा नियमन गर्न प्रजिअ र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने बताएका हुन्।

कोरोना संक्रमणबाट केही जिल्लाहरु यस अघि नै मुक्त भैसकेकाले परिस्थिति र गाम्भीर्यता हेरेर नाकाहरुमा कडाई गर्ने उनको भनाई छ।

Share Post on Social media