विश्व हिन्दु युवा संघ स्याङ्जाको क्यालेन्डर बिमोचन तथा “गाई र माईको महत्त्व “बिषयक कार्यक्रम सम्पन्न
नवराज पौडेल/वालिङ : विश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन तथा गाई र माईको महत्त्व बिषयक कार्यक्रम वालिङ्को केदारनाथ मन्दिरमा समपन्न भएको छ।
कार्यक्रमको अध्यक्षता विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगर पालिका वार्ड न १ का अध्यक्ष एबम नगर प्रवक्ता एवं विश्व हिन्दु युवा संघका सल्लाहकार दीपेन्द्र केसी , विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्र प्रसाद पराजुली, वालिङ ११ का वार्ड अध्यक्ष एब विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य डण्डपानी पङ्गेनी (डण्डु) ,गुप्त प्रसाद गैह्रे, विश्व हिन्दु महासंघ वालिङका अध्यक्ष सिताराम अधिकारी , जिल्ला सह प्रबक्ता कुशल बस्याल ,जिल्ला सदस्य राजन रेग्मी , रामचन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र केसीले गाई र माईको छुट्टै किसिमको महत्त्व रहेको कुरा बताउनु भएको थियो। गाईलाई विश्वको माताको रुपमा मान्नु पर्ने कुरामा जोड दिनुभएको थियो। उहाँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो। विश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणीय कार्य गरेकोमा प्रसङ्गसा गर्नु भएको थियो।
यस्तै धार्मिक गुरु पण्डित नेत्र प्रसाद पराजुलिले सबैभन्दा ठूलो भनेको स्वधर्म हो र सनातन धर्म संस्कृतिको जगेर्नाको लागि हामी सबै लाग्नुपर्ने कुरा बताउनुभएको थियो। कार्यक्रममा वालिङ ११ का वार्ड अध्यक्ष डण्डु पङेनी, सिताराम अधिकारी लगायतले आफ्ना कुराहरु राख्नुभएको थियो।
विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जामा नैतिक शिक्षा लागू,संस्कृत पुस्तकालय स्थापना,संस्कृत भाषा कक्षा सन्चालन, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा, धार्मिक जागरण , धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार लगायतका कार्यहरु गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्