अर्जुनचौपारीको वडा-वडामा शिविर, घर-घरमै सार्वजनिक सेवाप्रवाह

माघ ५/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिकाले सार्वजनिक बिदाको दिन समेत सर्वसाधारणलाई सेवा प्रवाह गर्ने कामलाई निरन्तरता र तीव्रता दिएको छ।

आज चौथो दिन अर्जुनचौपारी गाउँपालिकाले वडा नं ६ को तमाखुबारीमा सेवा प्रवाह शिविर सञ्चालन गरी सेवाग्राहीलाई विभिन्न प्रकारका सेवाहरु प्रदान गरेको हो। आज स्वास्थ्य शाखाले प्दान गर्ने सेवा अन्तर्गत ११९ जनालाई स्वास्थ्य परीक्षण तथा पिसाब संकलन गरी परीक्षण, ५ जनालाई खानेपानीको शुद्धता परीक्षण गरिएको छ।

यसैगरी महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा मार्फत ७२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ४ जनाको अपाङ्गता परिचयपत्रको लागि निवेदन संकलन गरिएको छ। कृषि शाखा मार्फत ६६ जनालाई भिटामिन वितरण, समस्या पहिचान तथा सहजीकरण सेवा, पशु सेवा शाखा मार्फत ६५ जनालाई समस्या पहिचान सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। साथै ८४ वटा नमुना गोबर परीक्षण, २०३ जनालाई औषधि वितरण, आकस्मिक उपचार संख्या १६ र रेबिज विरुद्धको खोपको सेवा प्रवाह संख्या २ रहेको जनाइएको छ।

अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेका अनुसार ११५ जना ज्येष्ठ नागरिकलाई आँखा उपचार सेवा प्रवाह गरिएको छ। १३ जनालाई नागरिकता तथा व्यक्तिगत घटना दर्ता समस्या पहिचान गर्ने सेवा प्रवाह गरिएको छ।

शिविर गाउँपालिकाका हरेक वडामा सञ्चालन हुनेछ।

Share Post on Social media