कोरोना भाइरस (कोभिड १९) संक्रमित थप एक जनाको मृत्यु

भदौ ११/पोखरा: कोरोना भाइरस (कोभिड १९) संक्रमित एक जनाको आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड -१९ उपचार केन्द्रको आई.सी.यु.मा मिति २०७७ साल भदौ ७ गते कोरोना पोजिटिभ भै भर्ना भएकी पोखरा महानगरपालिका-११ निवासी वर्ष ३२ की महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

Share Post on Social media