उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

भदौ १२/खबरकलम: फोर्ब्र्स पत्रिकामा समाविष्ट नेपालका एक मात्र अरबपति बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले एक ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको तर कुनै लक्षण नदेखिएको जानकारी गराउँदै आफू सुरक्षित रहेको समेत बताएका छन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहेको छ।

Share Post on Social media