मन्त्री अर्यालले गरिन्, बाटो बिराएर गएकालाई फर्किन अनुरोध

माघ १/स्याङ्जा: नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भीरकोट नगरकमिटीले भीरकोटमा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

भेला कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बाटो बिराएर गएकालाई फर्किन अनुरोध गरेकी छन्। देश र समाजको संवृद्धिको लागि आफू सँधै तयार रहेको उनको भनाई थियो।

जिल्लामा पद्मा अर्यालको छुट्टै सान रहेको जिल्लावासी बताउँछन्। हालै सार्वजनिक गरिएको चुच्चे नक्सादेखि सगरमाथाको उचाई नाप्ने कार्य र सुकुम्बासीलाई अधिकार र जग्गा प्रदान गर्नेसम्मको कार्य मन्त्री अर्यालको अगुवाईमा भएको थियो।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भीरकोटका नगर सचिव विश्वनाथ अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारस, निवर्तमान संघीय सांसद नारायण मरासिनी ,जिल्ला समन्वय समिति सभापति सिताकुमारी सुन्दास, केन्द्रीय सदस्य हुमबहादुर गुरुङ , प्रदेश सांसद् मोहन रेग्मी , केन्द्रीय सदस्य चन्द्र बहादुर रोकाहा, आँधीखोलाखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल , जिल्ला कार्यालय सदस्य उदय श्रेष्ठ , जिल्लाका नेता कृष्ण खाँड, राजेन्द्र डुम्रे , मोहन खनाल , दामोदर तिवारी विद्यार्थी नेता सगुन राना, राष्ट्रिय युवा संघका नगर संयोजक मोहम्मद जुमाल अलि लगायतले बोलेका थिए भने स्वागत नेकपा जिल्ला नेता हर्कबहादुर गुरुङले गरेका थिए।

धन्यवाद महिला नेत्री सीता अधिकारी र सन्चालन नगर सचिवालय सदस्य केशरजँग अधिकारीले गरेका थिए।भने तरुण दलका उपाध्यक्ष भविश्वर राना सहित २२ जनाले नेपाल काङ्ग्रेस परित्याग गरी नेकपा प्रवेश गरेको नेकपा भीरकोट सचिव अर्यालले जनाएका छन्।

भेलामा नगरकमिटि अध्यक्ष मीन प्र कोईराला र नेकपा जिल्ला सदस्य सन्तोष केसी बाहेक सम्पूर्ण उपस्थिति रहेको थियो।

Share Post on Social media