पहिलो पाइला नेपाल स्याङ्जाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राम बहादुर रोकाहा/कार्तिक ५: पहिलो पाइला नेपाल स्याङ्जा शाखाले नेपालीहरुको महान पर्व वडा दशैं, शुभदीपावली, छठ पर्व साथै नेपाल सम्बत ११४४ को उपलक्ष्यमा एक कार्यक्रमबीच शुभकामना आदानप्रदान कार्य सम्पन्न गरेको छ।

पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणि पौडेलले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरी उक्त कार्यक्रमको सुभारम्भ गरे। सल्लाहकार पौडेलले अस्पतालमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित आउँदै गरेका चाडपर्वहरुको उपलक्ष्यमा सुभकामना व्यक्त गरे।

सोही कार्यक्रममा पहिलो पाइला नेपालकी केन्द्रिय सदस्य एवं स्याङ्जा शाखाकी संस्थापक अध्यक्ष स्मृति काफ्लेले केन्द्रिय समितिको तर्फबाट नेपालीहरुका महान चाडहरुको विशेषता बुझ्दै तडक भडक र विकृतिलाइ हटाउँदै चाडपर्व मनाउँ भन्दै एकाअर्का बीच आत्मियता, माया सद्भाव कायम रहोस् भनी शुभकामना व्यक्त गरेकी थिइन्।

त्यस्तै, कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सचिन रानाभाट, संस्थाकी जिल्ला सभापति सन्ध्या लामिछाने लगायतले सुभकामना व्यक्त गरेका थिए।
पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणि पौडेलको प्रमुख आतिथ्यतामा साथै जिल्ला शाखाकी सभापति सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष पवन मरासिनीले स्वागत तथा सुभकामना मन्तव्य राखेका थिए भने सह-सचिव गोपि सुवेदीले संचालन गरेका थिए।

Share Post on Social media