२०७९ चैत्र ६, सोमवार

राष्ट्रिय युवा संघ नेपाल भीरकोटको दोश्रो नगर अधिवेशन सम्पन्न, जुमाल अलि अध्यक्ष चयन

फागुन २७/स्याङ्जा: राष्ट्रिय युवा संघ भीरकोटको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। आज स्याङ्जा जिल्लाको भीरकोटमा सम्पन्न भएको उक्त अधिवेशनले जजमाल अलिको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको हो। उपाध्यक्ष[...]

आयल निगमको घाटा नागरिकबाट असुली गर्न मिल्दैन। सम्पादकीय

भदौ १७/सम्पादकीय: नेपाल आयल निगम नेपाल राज्यभित्र पेट्रोलियम पदार्थको आपूर्ति गर्ने अख्तियारी पाएको सरकारी संस्थान हो।‌ तर, पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा पनि नेपाल आयल निगम घाटामा रहनु भने पक्कै शोभनीय कुरा होइन। व्यवस्थापकीय क्षमता चुस्त नहुनु, आर्थिक पारदर्शिता नदेखिनु, पेट्रोलियम पदार्थको आपूर्ति गर्न नेपाल आयल निगमलाई एकलौटी अधिकार हुनु, पेट्रोलियम पदार्थको चुहावट हुनु जस्ता आरोपका कारण नेपाल आयल निगम कहिल्यै आरोपबाट मुक्त हुन सकेको छैन। महँगोमा किनेर ल्याएर[...]

स्याङ्जा विरुवाका उत्कृष्ट कृषकहरूलाई १ लाख नगद पुरस्कार सहित सम्मान

माघ ७/एनपी कोइराला, स्याङ्जा: स्याङ्जाको विरुवा गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट २ जना कृषकहरूलाई जनही १ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ। यही शुक्रबार आयोजित १२ औं गाउँसभामा एकीकृत कृषि तथा[...]

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले दिए राजीनामा

बेलायतकी रानी पतिको निधन

संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

फागुन २६/काठमाडौं: संखुवासभा जिल्लामा आज भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको जानकारी संखुवासभा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दिएका छन्। बा ४ ख ७३५ नम्बरको बस बिहानै सातघुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटनासँगै ३५० मिटर तल खसेको जनाइएको छ। मृतकमा त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला रहेको तथा घाइते पाँच जनालाई अस्पताल लगिएको र अहिले पनि उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको[...]

बालाजु डोजोमा नियमित ट्रेनिङ

१ असार, काठमाडौं । सरकारले बिहीबारदेखि लकडाउनको स्वरुप परिवर्तन गर्दै केही खुकुलो बनाउने निर्णय गर्‍यो । कम संक्रमित भएका क्षेत्रमा कार्यलय, निजी सवारीसाधन, पसलहरु खुल्ला गरिएका छन् । तर, खेलकुद क्षेत्रमा भने ‘लकडाउन’ जारी नै छ । खेलकुदको लकडाउन खुकुलो कहिले हुन्छ कसैलाई थाहा छैन । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद जस्ता जिम्मेवार निकायले अझै सुरक्षित रुपमा ट्रेनिङ सुरु गर्नको लागि कुनै मापदण्ड तय गर्न सकेका छैनन् ।[...]

खेत जोत्ने हाते ट्रयाक्टरले एक जनाको ज्यान लियो

काठमाडौं/कार्तिक १५: खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय कृष्णराम सुवालको मृत्यु हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा त्यसको फालीले घाँटीलगायत शरीरमा चोट लागेका उनको उपचारको क्रममा निधन भएको हो।

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारी प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित

फागुन १६/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी गण्डकी प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै तिवारीलाई मनोनयन गरिएको जनाएको छ। अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी विकासप्रेमी नेताको रुपमा चिनिन्छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै गाउँपालिकामा विभिन्न क्षेत्र र विधामा उनले सुधार अभियान सुरुवात गरेका छन्।

सिद्धार्थ राजमार्ग आजबाट ३ घण्टा अवरूद्ध हुने

असोज २६/खबरकलम संवाददाता: तराई र पोखरा जोड्ने मुख्य राजमार्गको रुपमा रहेको सिदार्थ राजमार्ग आजबाट दैनिक ३ घण्टा अवरूद्ध हुने भएको छ। वर्षातको कारण ठाउँ-ठाउँमा खसेको पहिरो पन्छाउनका लागि दैनिक ६ बजेदेखि ९ बजेसम्म बिहान सबैखाले सवारीसाधनलाई निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। राजमार्गको स्याङ्जा/कास्की सडकखण्डमा भने अवरुद्ध हुने छैन।‌

जाजरकोट जाँदै गरेको बस दुर्घटनाग्रस्त, ५ को मृत्यु ३२ घाइते

मंसिर १२/खबरकलम संवाददाता: नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको र मृतकको सनाखत समेत नभएको प्रहरीको भनाइ छ।

ब्रेकिङ न्युज: बैतडीमा बस दुर्घटना, ९ को मृत्यु

कार्तिक २८/धनगढी: बैतडी जिल्लामा बस दुर्घटनाग्रस्त भएको छ। बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३४ घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस सडकबाट करिब ६०० मिटर तल खसेको थियो।