बालयौन दुर्व्यवहार आरोपमा पुतलीबजारका एक पुरुष पक्राउ

राम बहादुर रोकाहा/वैशाख ३: स्याङ्जा पुतलीबजारका एक पुरुष बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका -३ बाडखोलाका ६२ वर्षीय जीवन जि.टी. रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

गत पौष १४ गते परिवर्तित जिल्ला ४० की ८ वर्षीय परिवर्तित नाम “०८०/०८१ आँधीखोला ९१” लाई डर, त्रासमा पारी करणी गर्ने आशयले बालयौन दुर्व्यवहार गरेको हुँदा चैत्र २९ गते जि.टी.लाई पक्राउ गरिएको निरीक्षक लामाले बताए ।

पक्राउ परेका जि.टी.लाई स्याङ्जा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Share Post on Social media