चिनियाँ र भारतीय सेना विवादित सीमाबाट पछि हट्न सहमत

१० असार, काठमाडौं । भारत र चीनको बीचमा तनाव जारी रहेको अवस्थामा दुवै मुलुकका अधिकारीहरुले मंगलबार भारतीय सेना र चिनियाँ अधिकारी विवादित सीमाबाट पछि हट्न तयार भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एक भारतीय अधिकारीले दुवै पक्ष विवादित सीमाबाट पछि हट्ने विषयमा आपसी सहमति भएको बताएका हुन् । समाचारमा बताइएअनुसार सोमबार ११ घण्टासम्म चलेको बैठकको क्रममा यस्तो सहमति भएको हो ।

गत जुन १५ मा चीन–भारत सीमाक्षेत्रमा भएको झडपको क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो । यो घटनापछि दुई मुलुको बीचमा तनाव बढेको छ । यो घटनापछि भारतमा चिनियाँ सामग्री बहिष्कार गर्नेलगायतका चीन विरोधी अभियान सञ्चालन भएका छन् ।

Share Post on Social media