यस वर्षको पपुलर अवार्ड अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई

जापानमा आयोजित ‘सूर्य इन्टरनेसनल अवार्ड– २०१९’ मा अनमोल केसीले चलचित्र क्याप्टेनबाट र कायराबाट साम्राज्ञी राज्यलक्ष्मी शाहले यस वर्षको पपुलर अवार्ड जितेका छन् । यस्तै सहअभिनेता अवार्ड चलचित्र चंगा चेटबाट बुद्धि तामाङले प्राप्त गर्दा सहअभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट वर्षा राउतलाई प्रदान गरिएको छ । जापानको टोकियोस्थित नाकानो जिरो हलमा आइतबार राति आयोजित समारोहमा यो अवार्ड प्रदान गरिएको हो। सबै अवार्ड लोकप्रियताको हिसाबले प्रदान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्जा ३ ले जित्दा उत्कृष्ट निर्देशकको अवार्ड छक्का पञ्जा ३ बाटै दीपा श्री निरौलालाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘सूर्य रत्न सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रमका आयोजक वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रको बजार विस्तार गर्ने उद्देश्यले जापानमा अवार्ड समारोह आयोजना गरिएको हो।

Share Post on Social media