कुमारी चलचित्र भवन सोमबारबाट बन्द

कमलपोखरि स्थित रहेको क्यूएफएक्स कुमारि चलचित्र भवन मर्मत सम्भारका लागि एक महिनाको लागि बन्द गरिएको छ । चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएकाले अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागिएको हो। चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको हो। कमलपोखरीमा रहेको कुमारी दर्शकहरुको उच्च चाप हुने चलचित्र भवन हो । फिल्मको प्रिमियरका लागि पनि विशेष मानिएको यो चलचित्र भवन एक महिना बन्द हुँदा निर्माता निर्देशकलाई ठुलै घाटा पुग्नेछ ।

Share Post on Social media