बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो ।

वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै बन्द गर्न समितिलाई दबाव दिए । बीमा समितिले पनि तत्कालै कोरोना बीमा पोलिसी बन्द भएको घोषणा गर्यो ।

Share Post on Social media