अब कोरोना भाइरससँग ‘लिभिङ टुगेदर’ को तरिका अपनाउनुपर्छ !

२० जेठ, काठमाडौं । सरकारले पहिलो चरणमा श्रम गन्तव्य मुलुक र विद्यार्थी धेरै भएका देशमा बढी नै संकटमा परेका नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । अहिले खाडी, मलेसिया, साइप्रस, बंगलादेश र अस्ट्रेलियामा रहेका तथा समस्यामा परेर आउन चाहने नागरिकलाई चार्टर विमानमा ल्याइने पर्यटनमन्त्री योगेश भट्टराईले प्रष्ट पारेका छन् ।

उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका मन्त्री भट्टराईले युरोप, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीलाई भने उद्धार गर्न नसकिने बताए । मध्यपूर्व वा नजिकका ट्रान्जिटसम्म आए अन्यलाई उद्धार गर्ने क्रममा उनीहरूलाई पनि ल्याउन सकिने भट्टराईले बताए ।

Share Post on Social media