शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बहुविवाह मुद्दा दायर

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझा विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ । उनीहरु विरुद्ध गत कात्तिकमै मुद्दा दायर भए पनि मुद्दा दर्ता भएको रहस्य मंगलबारमात्र खुलेको हो । यसरी मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको थियो। जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो।

Share Post on Social media