स्याङ्जामा पहिलोपटक म्युजिक एन्ड मुभिज कम्पनी संचालनमा

कार्तिक ६/स्याङ्जा: खिलुङ कालिका म्युजिक एण्ड मुभिज प्रा.लि. द्वारा संचालित खिलुङ कालिका रेकर्डिङ स्टुडियो तथा आँधीखोला रोधी घरको आज एक समारोहकाबीच चर्चित गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष पशुपति शर्माले उद्घाटन गरेका छन्।

राम कुमार भण्डारी “बिन्दास” ले उक्त रेकर्डिङ स्टुडियो तथा रोधी घर संचालनमा‌ ल्याएपछि स्थानीय कलाकारहरु राजधानी या मोफसलका शहरहरुमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

चर्चित र लोकप्रिय कलाकारलाई मात्र स्थान दिने हालको प्रचलनलाई चिर्दै अघि बढ्ने र पर्याप्त रुपमा संभावना बोकेका र अवसर नपाएका प्रतिभाको उच्च कदर गर्ने गरी काम गर्ने प्रबन्ध निर्देशक बिन्दासले बताए।

खिलुङ कालिका म्युजिक एन्ड मुभिज प्रालि स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारमा रहेको छ।

Share Post on Social media