वालिङमा सांगीतिक कार्यक्रम हुँदै

असोज १४/हरि रेग्मी: लामो समयको अन्तरालपछि स्याङ्गजाको वालिङ्गमा एक भव्य साङ्गितिक कार्यक्रमको आयोजना गरिने भएको छ।

सप्तक सङ्गीत साँस्कृतिक केन्द्र वालिङ्गको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको नाम भने सप्तक सङ्गीत दशै उत्सव २०७९ राखिएको छ। यही असोज १५ गते वालिङ सिटी हलमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा बहुचर्चित लोकदोहोरी गायक राजु परियार , फिल्मी तथा सुगम सङ्गीतमा चर्चा कमाएकी गायिका बिन्दु परियार साथै चर्चित टिकटकर तथा मोडेल अस्मिता रनपालको साथमा सप्तक सङ्गीत विद्यालयका विद्यार्थी तथा स्थानीय कलाकारहरु आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएका छन्।

करिब एक वर्षको अन्तरालमा यो कार्यक्रम आयोजना गरेको आयोजक संस्था सप्तक सङ्गीत साँस्कृतिक केन्द्रले गत तिहारमा रुपक डोटेल लगायतका कलाकार हरुको साथमा सप्तक सङ्गीत दिपाली साँझ २०७८ आयोजना गरेको थियो।

Share Post on Social media