नेविसंघ वालिङ क्याम्पस इकाइले दशैं तिहार विशेष शुभकामना कार्यक्रम गर्ने

असोज ३/वालिङ: नेपालका पूराना विद्यार्थी संगठनहरुमध्ये एक संगठन नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाइले दशैं तिहार विशेष शुभकामना कार्यक्रम गर्ने भएको छ।

हिन्दू धर्मावलम्बीको प्रमुख चाड विजयादशमी तथा दीपावली, तराइको प्रमुख चाड छठ, नेवारहरुको नयाँ वर्ष नेपाल संवत् ११४३, मुस्लिमहरूको चाड इदुल फित्रको अवसरमा क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको जानकारी नेविसंघ निकट विद्यार्थी हरि रेग्मीले दिए।

विद्यार्थी, प्राध्यापक, शिक्षक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निम्तो दिँदै उनले कार्यक्रम भव्य रुपले सम्पन्न गर्न सहयोग गरिदिन समेत अनुरोध गरेका छन्। कार्यक्रम यही असोज ७ गते शुक्रबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म वालिङ बहुमुखी क्याम्पसकै प्रांगणमा हुने जनाइएको छ।

Share Post on Social media