मदन परियारको “पिरैले सुकाउँछ ज्यान” बोलको गीत सार्वजनिक

फागुन १६/ राम बहादुर रोकाहा : मदन परियार र माया प्राधेको स्वरमा रहेको `पिरैले सुकाउँछ ज्यान´ बोलको गीत `माया प्राधे´ युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरिएको छ ।

दुई हप्ता अगाडि मात्र सार्वजनिक भएको उक्त गीतको शब्द कोरेका श्रीकृष्ण बम मल्ल आफैंले गीतमा संगीत समेत भरेका छन् भने एरेन्ज साहस शाक्यले गरेका छन् ।

सागर लम्साल(बले) र जुना विश्वकर्माले अभिनय गरेको उक्त भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । छोटो समयमै धेरैले गीत राम्रो बनेको प्रतिक्रिया आएको र प्रारम्भिक समयमै लाखौं दर्शक स्रोताले मन पराईदिनुभएको साथै सबैले गीतको रेस्पोन्स राम्रो दिनुभएको गायक मदन परियारले बताए । नवराज उप्रेतीले छायांकन गर्नुभएको भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको हो ।

गीत हेर्न यहाँ क्लिक गर्नुहोस्।

Share Post on Social media