भीरकोट नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाइँदै

असोज ९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका बनाइने भएको छ।‌‌

भीरकाेट नगरपालिकालाई कुपोषणमुक्त बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको पालिकास्तरीय पाेषण कार्यक्रमकाे दुई दिने समिक्षा तथा कार्ययोजना गाेष्ठीमा बोल्दै नगरप्रमुख गोविन्द कर्माचार्यले भीरकोटलाई कुपोषणमुक्त नगरपालिका बनाउन सम्पूर्ण तयारी गर्न थालिएको बताए।

उनले भीरकोट नगरपालिकावासीको स्वास्थ्य र पोषण सुरक्षाको प्रत्याभूति नगरपालिकाको जिम्मेवारी भएको बताउँदै नगरपालिकाबाट हुने स्वास्थ्य, पोषण र स्वस्थ जीवनयापनका लागि आवश्यक कुराहरु प्रदान गर्न आफू तयार रहेको जानकारी दिए।

यसअघिको स्थानीय सरकारले नै भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिसकेको छ।

Share Post on Social media