कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा स्याङ्जामा रक्तदान कार्यक्रम सम्पन्न गरियो

खबरकलम संवाददाता/वालिङ: नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ स्याङ्जाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

स्याङ्जा जिल्लाको वालिङ स्थित रेडपिपर पार्टी प्यालेसमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा १०७ पिन्ट रगत संकलन गरिएको जानकारी राष्ट्रिय युवा संघ स्याङ्जले दिएको छ। जसअनुसार आधा रगत स्याङ्जामै राखिने र बाँकी रगत पोखरा पठाइने छ। 

स्थानीय व्यक्ति, राजनीतिकर्मी, समाजसेवी, युवा क्लब तथा लायन्स क्लब अफ वालिङ ग्रिनसिटीका सदस्यहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई तीसौं पटक रक्तदानका लागि गण्डकी प्रदेश सांसद सीता सुन्दासले ब्लड प्याकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिन्।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सांसद सुन्दासले दान गरिएको रगतले नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्वपूर्ण र सिर्जनशील कार्य प्रशंसनीय रहेको बताइन्।

Share Post on Social media
 
 
  
जीवन अर्याल