अर्जुनचौपारीमा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न, ३११ बालबालिका लाभान्वित
खबरकलम डेस्क/जेठ ५: अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा आज सञ्चालित निशुल्क बाल स्वास्थ्य शिविरमा ३११ जना बालबालिकालाई निशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) का वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला , वरिष्ठ दन्त रोग विशेषज्ञ डा. भावना सिग्देल र A& B इन्टरनेशनल हस्पिटलका मेडिकल अधिकृत डा . अभिषेक रमण पराजुली को उपस्थितिमा ३११ जना बालबालिकाको नि:शुल्क स्वास्थ्य जाँच एवं दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ।
उक्त शिविरमा दाँतसम्बन्धी रोगका ११८ जना बालबालिकालाई परीक्षण गरिएको तथा बालरोगका १९३ जना बालबालिकालाई परीक्षण गरी आवश्यक परामर्श तथा चिकित्सकीय सेवा उपलव्ध गराइएको हो।
अर्जुनचौपारी गाउँपालिकाले यसअघि पनि विभिन्न रोगको चेकजाँच, परामर्श तथा उपचारका लागि शिविर सञ्चालन गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्