अर्जुनचौपारी गाउँपालिकाको आव २०८०/८१ को बजेट ४४ करोड ६९ लाख

असार ११/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले तेह्रौं गाउँसभाबाट आव २०८०/८१ का लागि कुल ४४ करोड ६९ लाख २ सयको कुल बजेट र त्यसको स्रोत व्यवस्थापनको रकमसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

चालु खर्च २६ करोड ७६ लाख दुई सय र पूँजीगत खर्च १७ करोड ९३ लाख विनियोजित गरिएको छ गाउँपालिकाले जनाएको छ। जसमध्ये संघीय समानीकरण अनुदान ८ करोड १२ लाख, प्रदेश समानीकरण ९८ लाख ६९ हजार, संघीय राजस्व बाँडफाँड ६ करोड ६४ लाख ५९ हजार २००, प्रदेश सवारी कर बाँडफाँड ४१ लाख ७२ हजार, सङ्घीय समपूरक अनुदान ८० लाख, प्रदेश समपूरक अनुदान ५० लाख अन्तर्गत स्रोत व्यवस्थापन गरिएको छ ।

संघीय सशर्त अनुदान १९ लाख २२ हजार, प्रदेश सशर्त अनुदान ६० लाख, संघीय विशेष अनुदान ८० लाख आन्तरिक राजस्व र गत वर्षको मौज्जात ६ करोड ६० लाख गरी कुल ४४ करोड ६९ लाख २०० रुपैयाको बजेटको स्रोत उल्लेख गरिएको छ ।

Share Post on Social media