आँधीखोला गाउँपालिकाको बजेट ६१ करोड ९ लाख, कृषिमा जोड। पर्यटनलाई काख

असार ११/स्याङ्जा: स्याङ्जाको आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि ६१ करोड ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। आइतबार सम्पन्न तेह्रौं गाउँ सभाबाट आगामी आ.व. २०८०/०८१ को लागि अनुमानित कुल ६१ करोड ९ लाख बराबरको बजेट तथा कार्यक्रम पारित गरेको हो।

“कृषि र पर्यटन समुन्नत आँधीखोला गाउँपालिकाको आधार ;सेवा, विकास, सुशासन र सम्वृद्दि नै हाम्रो कार्यभार” भन्ने मुल नारा बोकेको बजेटमा रोजगारी सृजना, व्यवसायिक कृषि, पर्यटन, शैक्षिक गुणस्तर , गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधा र गुणस्तरीय तथा प्रविधीमैत्री सेवा प्रवाहका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ।‌

त्यस्तै संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान बापत रु ८ करोड ३८ लाख, संघीय सरकारको राजस्व बाँडफाडबाट रु ६ करोड ८७ लाख, सशर्त अनुदान चालू तथा पूँजीगत तर्फ रु ३३ करोड ७ लाख, संघीय सरकार समपूरक अनुदान रु १ करोड ६५ लाख, संघीय सरकार विशेष अनुदान रु १ करोड १५ लाख, गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड १ लाख २० हजार, गण्डकी प्रदेश सरकारको राजस्व बाँडफाँट रु ४० लाख, प्रदेश समपूरक नेपाल अनुदानबाट रु ६० लाख, प्रदेश सरकार सशर्त अनुदान पूँजीगत ५० लाख, सडक बोर्ड रु २५ लाख, पर्यटन बोर्ड रु १५ लाख गरी कुल ६२ करोड ९ लाख २० हजार हुने अनुमान गरिएको छ।

Share Post on Social media