स्ववियु वालिङ बहुमुखी क्याम्पसद्वारा प्राध्यापकलाई सम्मान

साउन २६/स्याङ्जा: स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसले वालिङ बहुमुखी क्याम्पसमा प्राध्यापन गरिरहेका सहायक प्राध्यापक तेजबहादुर आलेलाई सम्मान गरेको छ।

विसं २०४७ असार ७ गतेदेखि २०८० साल साउन १६ गतेसम्म ३३ वर्ष निरन्तर सेवा गरेबापत उनलाई सम्मानित गरिएको स्ववियु वालिङ बहुमुखी क्याम्पसले जनाएको छ।

३३ वर्षे प्राध्यापन अवधिमा उनले सहायक प्राध्यापक र उप प्राध्यापक पदमा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका थिए।

Share Post on Social media