जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले उत्कृष्ट कार्य गर्दै

भदौ १२/राम बहादुर रोकाहा: जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले नयाँ कार्यालय प्रमुख पाएसङ्गै उत्कृष्ट कार्य गर्दै आएको छ ।


जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जिल्लाभरका ११ वटै पालिकासँग समन्वय गरेर ट्राफिक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गर्दै आएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले जानकारी दिनुभयो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी दुर्घटना न्यूनीकरणका लागि भीरकोट न.पा. वडा नं ४ छाङ्छाङ्दीमा, बयरघारी बजार , पुतलीबजार नगरपालिकाको घुम्तीबजार , बाडखोला बजार र प्रगतिनगर, कालीगण्डकी गाउँपालिका अन्तर्गतको मिर्मी बजारमा पार्किङ्, नो पार्किङ् जस्ता जनचेतनामुलक होर्डिङ् बोर्डहरु राखेको छ । त्यस्तै दुर्घटना न्यूनीकरणका लागि पुतलीबजार नगरपालिका -१ घुम्तीबाट संचालन हुने सम्पुर्ण सवारीहरुलाई निजी जग्गामा पार्किङ्को ब्यबस्था, पु.ब.न.पा. ३ बाडखोलामा एकतर्फी पार्किङ्को ब्यबस्था, भीरकोट बजारमा जथाभावी सडकमा पार्किङ् गर्ने सवारीहरुलाई बसपार्क संचालनमा ल्याई कार्यान्वयनमा ल्याइएको र वालिङ् नगरपालिका वडा नं.८ स्थित बसपार्कलाई संचालनमा ल्याई ग्रामिण भेगमा चल्ने सवारीहरुलाई पार्किङ्को व्यवस्था मिलाइएको स्याङ्जा जिल्ला ट्राफिक कार्यालयका प्रमुख आचार्यले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख आचार्यका अनुसार स्याङ्जामा पालिकाको स्वीकृति बिना संचालनमा आएका अटो टेम्पोहरुलाई (१२५) अनिबार्य रुपमा पालिकाको स्वीकृति लिई संचालनमा दिईएको छ । उहाँले श्रावण महिनाको १ गते देखि हालसम्मा ३४५ वटा जनचेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरी १२,५४० जना प्रत्येक्ष रुपमा लाभान्वित भएको बताउनुभयो । त्यस्तै मा.प.से. गरी सवारी चलाउने २८० सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ भने श्रावण महिनाको १ गते देखि हालसम्ममा १४०० सवारीलाई कारबाही गरी रु. १३,२५,०००/- राजश्व संकलन गरीएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

स्याङ्जामा श्रावण महिनाको १ गते देखि हालसम्ममा २ वटा सवारी दुर्घटना भएका छन् भने २ मानिसको मृत्यु समेत भएको छ ।
साथै स्याङ्जामा ग्रामिण सडक शुरक्षा कार्यक्रम २०८० को तेश्रो चरणको कार्यक्रमको शुभारम्म मिति २०८०।०५।१० गते स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका-२ स्थितमा पालिकाका अध्यक्ष खिम नारायण मानन्धारको प्रमुख आथित्यतमा शुभारम्भ गरिएको उक्त कार्यक्रम १६ गतेसम्म संचालनमा रहने जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

Share Post on Social media