अर्जुनचौपारी गाउँपालिकामा बनाइएको हेलिप्याडमा हेलिकप्टरको सफल अवतरण

खबरकलम संवाददाता

भदौ २२/स्याङ्जा :अर्जुनचौपारी गाउँपालिकामा बनाइएको हेलिप्याडमा हेलिकप्टरको सफल अवतरण गराइएको छ।

यस अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ स्थित सहेंले फाँटमा निर्माण भएको पोखरा विमानस्थल पछिको गण्डकी प्रदेशकै ठूलो हेलिप्याडमा हेलिकप्टरको सफल अवतरणमा उपस्थित पाहुनाहरु नं ३ बाहिनीका बाहिनिपति सहायक रथि गौरव कुमार केसी, पाईलट प्रमुख सह-सेनानी रचन श्रेष्ठ, समरजीत गुल्मका निवर्तमान गुल्मपति सेनानी हरि भट्टराई र समरजीत गुल्मका गुल्मपति दिपेश खड्का लगायतको टीमलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी लगायतको टीमले स्वागत गरेको थियो।

पुतलीबजार हुँदै आएको हेलिकोप्टरले अर्जुनचौपारी गाउँपालिकाका सबै क्षेत्रमा सफल परीक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परीक्षण पश्चात् कर्णेल श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताए।

आपतकालीन प्रयोगका निम्ति बनाइएको उक्त हेलिप्याड निर्माणमा अर्जुनचौपारी गाउँपालिका र समरजीत गुल्म स्याङ्जाको सहकार्य रहेको छ।

Share Post on Social media