पालिका-प्रहरी सुशासन सहकार्यमा अर्जुनचौपारी गाउँपालिका उत्कृष्ट

खबरकलम संवाददाता/असोज ३०: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका सुशासन कायम गर्नको निमित्त प्रहरीसँग सहकार्य गर्ने पक्षमा अब्बल देखिएको छ।


नेपाल प्रहरीको “६८ औं प्रहरी दिवस “ को उपलक्ष्यमा स्थानीय तहलाई सुशासन दिलाउनको लागि समुदाय सँगको सहकार्यमा सुरक्षित समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ विभिन्न कार्यक्रममा प्रहरीसँग समन्वय एवम् सहजीकरण गर्ने स्थानीय तहहरुमध्ये गण्डकी प्रदेशबाट छनोट भएका २ स्थानीय तहमध्ये एक उत्कृष्ट स्थानीय तह अर्जुनचौपारी गाउँपालिकालाई घोषणा गरिएको हो

अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्र पाण्डेमार्फत अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङलाई प्रशंशा पत्र प्रदान गरेको हो।

अर्जुनचौपारी गाउँपालिकाले समुदाय- प्रहरी समन्वय मात्र नभई स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य मात्रामा सुधार गरेको छ।

Share Post on Social media