स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा पनि संस्कृतको आधारभूत भाषा कक्षा सञ्चालन हुने

कार्तिक ३/स्याङ्जा: पछिल्लो समय संस्कृत भाषाको महत्त्व देश विदेशमा बढेसँगै नेपालमा पनि संस्कृत भाषाको महत्त्व बढेको छ।

विश्व हिन्दू युवा संघ स्याङ्जा, विश्व हिन्दू महासङ्घ स्याङ्जाको पहलमा वालिङको केदारनाथ मन्दिरमा भाषा कक्षा सञ्चालन भैरहेको छ। त्यस्तै विश्व हिन्दू युवा संघको पहल र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा अर्जुनचौपारी गाउँपालिकामा पनि संस्कृत भाषा कक्षा सञ्चालन हुने भएको छ।

अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले पछिल्लो समय समाजमा नैतिकता पनि घट्दै गएको, धार्मिक आस्था र विश्वास कम हुँदै गएको परिपेक्षमा संस्कृत भाषाले मानिसमा सकारात्मक उर्जा दिने र मानिसलाई अनुशासित पनि बनाउने कुरा जानकारी गराउँदै पालिकामा आधारभूत संस्कृत भाषामा कक्षा सञ्चालन गर्ने जानकारी दिए। उनले संस्कृत भाषालाई हिन्दू धर्मसँग मात्र जोडेर हेर्न नहुने भन्दै यसमा विज्ञान, योग,,दर्शन लगायका सबै कुरा संस्कृतभित्र भएको कुरा समेत स्मरण गराए।‌

यस्तै विश्व हिन्दू युवा संघ स्याङ्जा अध्यक्ष नवराज पौडेलले स्याङ्जाका हरेक पालिकामा संस्कृत भाषा कक्षा सन्चालनको लागि पहल गरिने र त्यसको लागि सम्पूर्ण जनप्रतिनिधि, धार्मिक , बौद्धिक , सामाजिक व्यक्तिहरुसँग समन्वय गरी कार्यक्रम अगाडी बढाइने जानकारी दिए।

संस्कृतको आधारभूत भाषा कक्षा मंसिरबाट सञ्चालन हुने छ।‌

Share Post on Social media