अर्जुनचौपारी गाउँपालिकामै कर सहायता कक्ष सञ्चालनमा आयो

कार्तिक १४/ खबरकलम संवाददाता: करसम्बन्धी जानकारी दिन अर्जुनचौपारी गाउँपालिकामै कर सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

करदाता सेवा कार्यालय स्याङ्जा र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा अर्जुनचौपारी गाउँपालिकाको कार्यालयमै कर सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। उक्त कक्षबाट करसम्बन्धी सोधपुछ तथा सम्पूर्ण जानकारी दिने र कर समेत संकलन गरिने जनाइएको छ।

करकै जानकारी पाउनको लागि अब पालिकाबासीलाई कुनै झण्झट बेहोर्नु नपर्ने पालिकाले जनाएको छ।‌ करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख सहित अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाास तिवारीले एकसाथ उक्त कक्ष उद्घाटन गरेका हुन्।

Share Post on Social media