दुई स्याङ्जाली साहित्यकारका साहित्यिक कृतिको लोकार्पण

नारायण कोइराला/९ मसिंर २०८०, शनिवार: स्याङ्जाली साहित्यकार शम्भु अर्याल र मिलन समीरका दुई साहित्यिक कृतिको एकैसाथ लोकार्पण गरिएको छ। साहित्यकार अर्यालको “मौन आवाज” र समिरको “मिलन समीर र मिलन समिरहरू ” वालिङमा आयोजित एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो। दुबै साहित्यिक कृतिको लोकार्पण साहित्यकारहरू श्री ओम श्रेष्ठ “रोदन” , विवश पोख्रेल र दुवै श्रष्ठाका आमाहरूले संयुक्त रूपमा गर्नुभएको थियो।

सर्जक शम्भु अर्यालको आत्मपरक निबन्ध संग्रह “मौन आवाज” माथि साहित्यकार अनन्त अर्यालले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो। ३३ वटा निजात्मक र आत्मपरक शैलीका निबन्धहरू समेटीएको “मौन आवाज” कृतिमा समाजको यथार्थता, मानवता र आत्मपरकता पाइने साहित्यकार एवं समीक्षक अर्यालले बताए। समीक्षक कुमार रानाले मिलन समीरको नविनतम काव्य कृति ” मिलन समीर र मिलन समीरहरू ” कृतिमाथि समीक्षा गर्नुभएको थियो। यथार्थवादी कवि समीरका कविताहरूमा देश र समाजको वर्तमान परिवेशप्रति गुनासा, व्यथा , विद्रोह र व्यङ्ग्य , समाजको प्रश्न संस्कृती सँगसँगै असल समाज, देश बनोस् भन्ने आसय व्यक्त समेत उहाँले व्यक्त गर्नुभयो।

यसैगरी स्थानेश्वर अर्याल स्मृति साहित्यिक पुरस्कारद्वारा मोरङका साहित्यकार विवश पोख्रेललाई पुरस्कृत गरिएको छ। वालिङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको “कृति लोकार्पण , विमर्श एवम् स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा” बसन्ती अधिकारी , स्मारिका अर्याल, सुदिप सुवेदी, लक्ष्मी रेग्मी खनाल, कला पाठक, दिलिप तिवारी, सिजन अर्याल, उदय अतित , नारायण विश्वकर्मा “आक्रोश” लगायतका स्रष्टाहरूले काव्य रचनाहरू वाचन गर्नुभएको थियो।

Share Post on Social media