स्याङ्जामा आफ्नै नवजात शिशुलाई त्यागेर हिँड्ने आमा प्रहरी हिरासतमा
राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जामा आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा सुत्केरी आमालाई प्रहरीले हिरासतमा लिएको छ ।
पुतलीबजार नगरपालिका -३ काफलडाँडा कि ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेकोमा प्रहरीले पक्राउ गरेको हो । नवजात शिशुलाई घर नजिकै त्यागेर जिल्ला अस्पताल स्याङ्जामा आफ्नो उपचारका लागि गएकी नेपालीलाई अस्पतालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
डिएसपी रानाले शिशुलाई अचेत अवस्थामा घर नजिकै फेला पारेर छिमेकीले खबर गरेपछि प्रहरीको टोलि गएर उद्दार गरेर स्याङ्जाको जिल्ला अस्पतालमा लगेपछि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको बताए । उनले कानुनी व्यवस्था अनुसार नवजात शिशुलाई त्याग्न नपाइने भएको हुँदा घटनामा संलग्न नेपालीलाई ज्यान मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्