एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण लगायतका कार्यक्रम सम्पन्न
स्याङ्जा/खबरकलम संवाददाता: विश्व हिन्दु युवा संघ स्याङ्जा र ॐकार इभेन्टस हब वालिङको आयोजनामा वालिङ मोडमा ३०४ औं पृथ्वी जयन्ति एवम् राष्ट्रिय एकता दिवसको अवसरमा दीप प्रज्वलन तथा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।
३०४ औ पृथ्वी जयन्ति एवम् राष्ट्रिय एकता दिवसको अवसरमा,वालिङ मोडमा दीप प्रज्वलन तथा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अध्यक्षता ॐकार इभेन्टस हब वालिङका अध्यक्ष विजय मल्लले गर्नुभएको थियो। कार्यक्रमको सन्चालन विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा युवा जमातको बाक्लो उपस्थिति रहेको थियो।
युवा समाजसेवी आशिष प्रताप खाड , विजय विक्रम खाँड , अहमद अलि , सागर थापा ,नबिन गुरुङ ,सागर गुरुङ , कुशल बस्याल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै ॐकार इभेन्टस हब वालिङ्का अध्यक्ष विजय मल्लले पृथ्वी नारायण शाहको बारेमा बोल्नुभएको थियो।
यस्तै विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाका अन्य ठाउँमा पनि कार्यक्रम गरेको छ ।अर्जुनचौपारी गाउँपालिका वडा नं १ को कार्यालय अगाडी पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम गरेको थियो भने जय सनातन अभियान नेपालको संयुक्त आयोजना तथा पाणीनी आश्रम तथा संस्कृत गुरुकुलमको व्यवस्थापनमा जिल्लास्तरीय खुला वक्तृत्वकला कार्यक्रम समेत सम्पन्न भएको छ।कार्यक्रममा प्रथम स्थान श्री कालिका माविकी विद्यार्थी कुशुम रेग्मीले प्रथम स्थान हासिल गरेकी थिइन् भने दोश्रो स्थान साइन भिलेज इन्टरनेसनल एकेडेमीकी कृपा गैह्रेले हासिल गरेकी थिइन् । तेस्रो स्थान काजीमान हरिटीकाकी ओजस्वी सिग्देलले हासिल गरेकी थिइन्।
कार्यक्रमको प्रमुख अतिथि स्याङ्जा साहित्य प्रतिष्ठान अध्यक्ष बुद्धिबहादुर राना ( कुमार) ले गर्नुभएको थियो।
